सरकारले संघीय संसद्मा पेस गरेको सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए नागरिकहरुको विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने भन्दै विरोध भईरहेको छ । नागरिक अधिकारकर्मी, कानूनका ज्ञाता एवं सञ्चारकर्मीहरुबाट यसलाई सच्चाउनुपर्ने माग भइरहेका बेला सत्तारुढ दल नेकपाका सांसदहरुले भने विधेयक जस्ताको तस्तै संसदीय समितिबाट पारित गरी प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेपछि विरोध झन् चर्किएको छ ।
प्रविधिको विस्तार संगै त्यसको दुरुपयोग रोक्न कस्तो खालको कानून आवश्यक पर्छ ? सूचना प्रविधि र नया मिडियाको विकास कसरी भइरहेको छ ? समाज, संस्कृति र विकासका लागि सूचना प्रविधि र नया मिडियाको भूमिका कस्तो हुनुपर्छ ? नेपालमा नया मिडियाहरुको प्रयोग सहि रुपमा भइरहेको छ ? समाजिक सञ्जाल र सूचना प्रविधिका अन्य टुल्सहरुको प्रयोगमा नेपालीहरु कति सचेत छन् ? सरकारी संयन्त्रहरुले यसको आवश्यकता र उपादेयताबारे कति गम्भिरतासाथ बुझेका छन् ? यस्तै प्रश्नहरुको जावाफ खोज्न आज मसंग हुनुहुन्छ नया मिडिया र सुचना तथा संचार प्रविधि विषयमा मा काठमाडौ विश्वविद्यालय स्कुल अफ आर्टस्मा प्राध्यापन गरिरहनु भएका– डा सुधांसु दाहाल ।