avatar

विमानस्थल काण्ड र विजय लामाको प्रष्टोक्ति | Vijaya Lama in TOUGH talk

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • May 9, 2019 • 45m
चालक दलका १४ सदस्यसहित २ सय ७६ यात्रु बोर्ड गरेर उडानका लागि तयार नेपाल वायुसेवा निगमको वाइड बडी विमानको निर्धारित दुवई उडान अकस्मात रद्द भयो । घटनाको छानविन गर्न बनेको समितिले एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको र बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको निष्कर्ष निकाल्यो, र घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस ग¥यो ।
आखिर त्यो दिन के कारण उडान रद्द भयो ? निगमका पाइलट र एटीसीका प्राविधिकबीच जुंगाको लडाई मात्र थियो वा अन्य केहि ? निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताबाट हटाउनु पछाडी अरु के कारण छ ? नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगम र नागरिक उड्यन प्राधिकरणबीच कस्तो सम्बन्ध छ ? यस किसिमको तित्तताले समग्र हाम्रो हवाई सेवा तथा २०२० को पर्यटन वर्षलाई कस्तो प्रभाव पार्ला ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनुहुन्छ, नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामा ।

Switch to the Fountain App