नेकपा एमाले र एकिकृत माओवादीबीच पार्टी एकता भएर ‘नेकपा’ गठन भएको एक बर्ष नाघेको छ । यद्यपी पार्टीका संबै निकायहरुको एकता जिम्मेवारीको बाँडफाँड अझै सकिएको छैन । बरु एकताको पूर्ण काम नसकिदै दुई अध्यक्षहरुबीच सत्ता हस्तान्तरणको बिषयले आन्तरिक खटपट बढ्न थालेको छ । एकता गर्दा प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएको भन्दै अध्यक्ष पुष्कपमल दाहालले हालै अबको १५ महिनापछि नेतृत्व फेरिने अभिव्यक्ति दिएपछि नेताहरुबीचको खटपट बाहिर आएको हो । सत्ताको खिचातानी र एकतापछिको पार्टीमा आफ्नो राजनीतिक स्पेस के हुने भन्ने मुख्य नेताहरुको जोडघटाउको संक्रमणमा ‘नेकपा’ फसेको छ ।
प्रचण्ड बहुमत ल्याएको पार्टीको सरकार किन राम्ररी चल्न सकेको छैन ? पुष्पकमल दाहाल प्रचण्डले भने जस्तै अबको १५ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति के हो ? सरकारमा बस्ने नेता, पार्टी र जनताबीचको दुरी किन बढीरहेको छ ? नेकपाको बैचारिक राजनीतिक कार्यदिशा के हो ? यीनै प्रश्नकहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ नेकपाका स्थायी समिति सदस्य एवं प्रतिनिधि सभाका सांसद घनश्याम भुसाल ।