‘भ्रष्टाचार गर्दिन’ भन्ने नारा लेखिएकै स्थानमा बसेर घुस लेनदेन हुन्छ । जुन दृश्य देख्दा ‘भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता अपनाउने’ भन्ने सरकारको नीति भद्दामजाक जस्तो लाग्छ ।
तल देखि माथिसम्म अनियमितता गर्नेमा कोही चोखा छैनन् । पारदर्शीता र कानुनको पालना गर्ने सपथ खाएर पदमा पुगेका प्रशासक र जनप्रतिनिधिहरु समेतको मिलेमतोमा अनियमित काम भइरहेको छ ।
नेपालमा भ्रष्टाचारको अवस्था कस्तो छ ? ठूला घोटालाहरुको अनुसन्धान कहा“ पुगेको छ ? भ्रष्टाचार भनेको पैसा लेनदेन र घुस मात्र हो ? अख्तियारले किन सानालाई मात्र पक्रिन्छ, अनि ठूलालाई उन्मुक्ति दिन्छ ? स्वयं भ्रष्टाचार नियन्त्रण गर्ने निकाय र त्यसकै अधिकारीहरु पनि किन भ्रष्टाचारको विवादमा मुछिएका छन् ? भ्रष्टाचार नियन्त्रणमा आम नागरिकको भुमिका के हुन्छ ? तपाई हामी चा“ही कति चोखा छौ अथवा तपाई हामी आम नागरिकले भ्रष्टाचारलाई कसरी निरुत्साहित गर्न सक्छौ । यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुहुन्छ, नेपाल सरकारको सचिव पदबाट अवकास पाएर चार बर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आयुक्त डा. गणेशराज जोशी ।