एकजना नेपाली युवा आकर्षक जागिर छोडेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्कन लाग्नु भएको छ ।
मासिक छ लाख रुपैया तलब, सामजिक सुरक्षाका योजना र झण्डै ७ करोड रुपैयाको पेन्सन माया मारेर हिमाल आरोहणमा निस्कन लाग्नु भएका म्याग्दीका निर्मल पुर्जाकोे महत्वकांक्षी योजना छ – ७ महिनाको अवधिमा विश्वका ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल आरोहण गर्ने ।
आउदो मार्च २० बाट सुरु हुने उहाको यो महत्वकांक्षी योजना ‘प्रोजेक्ट पोसिबल’ सफल भए यसअघिको ७ बर्ष ११ महिना १४ दिनको विश्व कीर्तिमान तोडिने छ ।
विगतमा पनि हिमाल आरोहणमै तीनवटा विश्व कीर्तिमान कायम गरिसक्नु भएका निर्मललाई थप कीर्तिमानीको भोक किन चढ्यो ? नेपाल र नेपालीलाई विश्वमा चिनाउनका लागि उहाँ किन यस्तो जोखिमपूर्ण कीर्तिमानीको तयारी गर्दैहुनुहुन्छ ? हिमाल आरोहणका लागि कस्ता चुनौतीहरु छन् ? आरोहणमा कस्ता कस्ता कठिनाई र जतिलटा आउछन् ? यस्तो महत्वाकांक्षी योजना पुरा गर्न क–कस्को साथ र सहयोग छ ? यीनै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ।