संसदीय लोकतन्त्रको एउटा सुन्दर पक्ष हो– प्रमुख प्रतिपक्षी पार्टीको राज्य सञ्चालनका गतिविधिमा बैधानिक भूमिका हुनु । प्रमुख प्रतिपक्षी दलका लागि संसदमा प्रतिपक्षी बेञ्च हुन्छ, जहाँ बसेर उसले सरकारका गतिविधिमाथि बैधानिक निगरानी गर्न सक्छ । संविधानअनुसार संबैधानिक परिषद्मा विपक्षी दलका नेता सदस्य हुन्छन् त्यसैले संबैधानिक निकायहरु सरकारको एकलौटी हुनबाट प्रतिपक्षले रोक्न सक्छ । त्यसैले संसदीय लोकतन्त्रमा जनताको खास आवाज ‘प्रतिपक्ष’ले बोल्छ भनिन्छ ।
संसदको अधिवेशन रोकिएको करिब ५ महिना भइसक्यो । सरकार एकपछि अर्को अध्यादेश ल्याउदै छ । संसद रोकिदा नागरिक आवाज बन्द भएका छन् । यस्ता बिषयले प्रमुख प्रतिपक्षी दलका नेतालाई किन छुँदैन ? तत्काल संसद बैठक बोलाउनका लागि समावेदन गर्न कस र किन रोक्यो ?
अनि आगामी महाधिवेशनलाई लिएर काँग्रेस के गर्दैछ ? यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा मैले काग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई निम्त्याएको छु । हालै अमेरिकी राष्ट्रपतिको चुनाव अवलोकन गरेर फर्किनु भएका शर्मासंग त्यहाँको लोकतान्त्रिक अभ्यासका केही प्रसंगबारे पनि कुरा गर्नेछु ।