भौतिक रुपमा विद्यालय सञ्चालन सुरु भएको खबरले एकातर्फ खुसी त दिएको छ तर संगसंगै त्यो भन्दा बढी संक्रमणको जोखिम बढ्ने चिन्ता छ । बिषेशगरी सरकारी विद्यालयहरु भौतिक र आर्थिक रुपमा कमजोर अवस्थामा छन् ।
कोरोनाका जोखिमका बीचमा विद्यालयहरु सञ्चालन गर्न कति जोखिमपूर्ण छ ? बैकल्पिक शिक्षण विधिबाट अध्यापन गर्न सरकार र निजी विद्यालयहरुमा कस्तो पूर्वाधार छ ? विद्यार्थीहरुलाई स्वास्थ्य सावधानी अपनाउनका लागि विद्यालयहरुले कस्ता व्यवस्था गरेका छन् ? एउट शैक्षिक सत्र प्रभावित हुँदा त्यसले शिक्षण सिकाईमा कस्तो असर परेको छ ? पाठ्यक्रम समायोजन गरेर पाठ्यभार घटाउँदा त्यसले विद्यार्थीको सिकाईलाई कुनै प्रभाव पार्छ कि पार्दैन ?
यस्तै प्रश्नहरुको जवाफ खोज्न आजको संवादको पहिलो खण्डमा मसंग प्याब्सनका अध्यक्ष टिकाराम पुरी, एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा हुनुहुनेछ ।
उहाँहरुका कुरा सुनेपछि संवादको दोस्रो खण्डमा मसंग हुनुहुनेछ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल । मन्त्री पोखरेलसंग विद्यालयदेखि उच्चशिक्षाका बिषयमा पनि संवाद गर्नेछु ।