प्रधानमन्त्री चयन भएर सिंहदरबारको कुर्सीमा पदबहाल गरेका दिन केपी शर्मा ओलीले भनेका थिए – ‘म भ्रष्टाचार गर्दिन, र अरुलाई गर्न पनि दिन्न’ । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गर्छु ।’
तर हालै ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ले एसियाका १७ देशमा गरेको पछिल्लो एकबर्षको भ्रष्ट्राचारस्थितिको सर्वेक्षणअनुसार सबै भन्दा बढी भ्रष्टाचार नेपालमा बढेको तथ्य छ । अझ सर्वेक्षणमा तपाई हाम्रो शिर नै निहुराउने तथ्य त यो छ की यस्ता भ्रष्टाचारमा प्रधानमन्त्री स्वयं संलग्न हुने गरेको वा भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने गरेको बताइएको छ ।
यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा मैले नेपाल सरकारका पुर्व सचिव तथा ट्रान्सपरेन्सी इन्टरनेसनल– नेपालका प्रमुख खेमराज रेग्मी, अख्तियार अनुसन्धान आयोगका पुर्व सचिव माधव घिमिरे र लेखक तथा ‘इ–कागज डटकम’ का प्रधान सम्पादक हरिबहादुर थापालाई निम्त्याएको छु ।