नेपालीहरुले निकै मनपराएको र तपाई हामी घेरैको मोबाइलमा हुने गरेको एउटा एप हो – हाम्रो पात्रो । नेपालीका लागि नेपालीले नै बनाएको यो एप ५० लाख भन्दा बढी पटक डाउनलोड भइसकेको छ ।यो बुहउपयोगी र चर्चित एपका निर्माता हुनुहुन्छ – नेपाली युवा शंकर उप्रेती ।
अमेरिकाको बोस्टन युनिभर्सिसिटीमा कम्प्यूटर इन्जिनियर अध्ययनका क्रममा उहाँले नेपालीहरुलाई सजिलो होस् भनेर सन् २००९मा यो एप बनाउनु भएको हो । एपको लोकप्रियता बढ्दै गएपछि सन् २०१५ मा उहाँले बार्षिक एक करोड भन्दा बढी कमाई हुने जागिर छोडेर पूर्ण रुपमा यसैको विकासमा लाग्नु भएको छ ।
नेपालीहरुबीच निकै चर्चित बनेको यो एप निर्माण कसरी भयो ? यस किसिमका काम तथा सूचना प्रविधिको क्षेत्रमा युवाहरुले गरिरहेको प्रगति कस्तो छ ? नेपाली युवाहरुले यो क्षेत्रहरुमा नयाँ नयाँ काम गर्न सक्ने सम्भवनाहरु के के हुनसक्छन् ? नेपालको शिक्षा तथा स्वास्थ जस्ता प्रणालीले यस्ता नयाँ इनोभेसन बढाउन के गर्न सकिन्छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ हाम्रो पात्रो एपका निर्माता तथा सिइओ शंकर उप्रेती ।