avatar

एक समाजसेवी जसले सरकारी स्कूलको मुहार बदले

SABSCAST (Sabeena Karki)
SABSCAST (Sabeena Karki)
Episode • Mar 29, 2017 • 12m
विद्यालय भताभुंग थियो । ढुंगामाटोको गारो । जस्तापाताको छानो । शौचालय, खानेपानी थिएन ।’ तर अहिले दुईतले पक्की भवन । २७ कक्षाकोठा । २७ वटै सटर ।
प्रत्येक सटरमा सटरभित्रै छुट्टाछुट्टै कोठा, भान्साकोठा र शौचालय ।दुई शय्याको प्राथमिक उपचार कक्ष ।प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, लेखा शाखा, पुस्तकालय र प्रत्येक कक्षाकोठामा सीसी क्यामेरा जडान ।
लोभलाग्दो खेलमैदान ।
एकैपटक ६ बालबालिका खेल्न मिल्ने अस्ट्रेलियन पिङ ।
१ करोड २५ लाखमा निर्मित सभाहल ।
आधुनिक चमेनागृह ।
५०/६० लाख रुपैयाँबराबरको सिभिल इन्जिनियरिङको ‘इक्वीपमेन्ट’ ।

सात लाख रुपैयाँ खर्चेर बनाइएका खानेपानीको बोरिङ ।

Switch to the Fountain App