avatar

Brikhesh Chandra Lal in TOUGH talk with Dil Bhusan Pathak || सांसदको स्विकारोक्त्ती: मुखमा बुजो लगाईएको छ, संसद सरकारको छायाँमा छ, स्वार्थ समुहबाट परास्त छौं ।

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Mar 15, 2020
दुई सदनात्मक संसदीय अभ्यास भएका मुलुकहरुमा राष्ट्रिय सभालाई परिपक्व र स्थायी सभाको रुपमा लिइन्छ । हाल प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको मतबाट निर्वाचित हुने व्यक्तिहरु राष्ट्रिय सभाको सदस्य हुन्छन् । त्यसैले राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको प्रतिनिधित्व गर्ने सभा पनि हो । तर व्यवहारिक रुपमा राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया जस्तो बन्ने गरेको छ ।
आजका मेरो अतिथि त्यहि सभामा दुई वर्षे कार्यकाल बिताएर बाहिरिनुभएका एक नेता हुनुहुन्छ । राष्ट्रिय सभा कति प्रभावकारी छ ? नेपालको संसदीय अभ्यास र यसभित्रका राम्रा नराम्रा पाटाहरु के रहेछन् ? एउटा सांसदको हैसियत कति हुंदो रहेछ ? सांसदको प्रभावकारीता कस्तो हुदो रहेछ ? सरकारको छांयाले संसदमा कस्तो प्रभाव पार्छ ? राजनीतिक रु पमा अहिलेको संसदको संरचनाले के कस्ता समस्या निम्त्याएको छ ? संसदभित्र राजनीतिक बाहेक अन्य कस्ता स्वार्थ समूहको कस्तो चलखेल हुन्छ ? यस्तै प्रश्नको जवाफ खोज्ने छु, राष्ट्रिय सभाबाट बाहिरिनु भएका निवर्तमान सांसद बृषेशचन्द्र लालसंग ।

Switch to the Fountain App