तपाई हामीले प्रयोग गर्ने भान्सा अहिले बिषादीको भण्डार बनिरहेको छ । हाम्रो भान्सामा भित्रिने कति विदेशी वा स्वदेशी तरकारी, फुलफुल लगायतका खाद्य सामाग्रीको बिषादी परिक्षण गरिएकै हु“दैन । यसका कारण हामी दैनिक खानास“गै बिष पनि खाइरहेका छौ । मानव जीवनमा गम्भिर असर पार्ने यस्तो बिषादीको प्रयोग रोक्न न त हाम्रँे सरकारी संयन्त्र सक्षम छ । न विदेशबाट गुणस्तर मापदण्ड पुरा गरेका सामग्री मात्र नेपाल भित्रिने सुनिश्चिता छ ।
किन हामीले आफ्ना लागि समेत उत्पादन गर्न सकेनौ र अर्काको विषादीयुक्त उत्पानद खाइरहेका छौ ? हाम्रो कृषि प्रणालीमा कस्ता समस्या छन् ? बर्षेनी कृषि अदुदानमा अर्बौ रुपैया लगानी गरिपनि किन त्यो बालुवामा पानी हाले सरह भएको छ ? समाजवाद उन्मुख अर्थतन्त्र संविधानमा लेखेर मात्र हुन्छ कि त्यस अनुसारको व्यवहार पनि हुनुपर्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मस“ग हुनुहुन्छ कृषि बैज्ञानिक मदन राई ।