avatar

समसामयिक राजनीतिका बारेमा राजनीतिशास्त्री हरि शर्मा || Hari Sharma in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • May 30, 2019 • 47m
जेठ १५ गणतन्त्र स्थापनाको दिन मात्र होइन शासकीय संरचना, शैली र प्रबत्तिको समिक्षा गर्ने एउटा अवसर पनि हो ।
लोकतान्त्रिक गणतन्त्र कति मजबुत हुन्छ भन्ने कुरा हामी यो व्यस्थालाई कति समृद्ध बनाउनतिर लाग्छौ त्यसमा निर्भर रहन्छ । वितेको एक दशकमा हामीले संविधान सभाबाट संविधान जारी ग¥यौ । संघीयताको व्यवहारिक अभ्यास थाल्यौ । शासकीय संरचनामा केही भएपनि तल्लो तह र सिमान्तकृत समूहलाई जोड्ने प्रयास पनि ग¥यौं । तर हाम्रो शासकीय शैली, चिन्तन र प्रबृत्तिमा धेरै सुधार आएको छैन । देखिदैन् ।
गणतन्त्र स्थापनापछि पहिलोपटक दुई तिहाई मतसहितको मजबुत सरकार बनेको छ । झण्डै डेढ बर्षदेखि चलिरहेको यस्तो सरकारमाथि पनि आम मान्छेहरु भरोसा गर्न सक्ने अवस्था छैनन । बरु शासकीय संरचनामा दोष लगाउने प्रबृत्तिकै निरन्तरता र लोकतान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाकै बद्नाम हुने खालका विसंगत अभ्यास पो हुन थालेको टिप्पणी हुन थालेको छ । सरकार एक सुरले चलिरहेको छ, सरोकारवालाहरुसँग कुनै संवाद छैन । संसद पुर्णरुपमा सरकारको छाँयामा चलिरहेको भान हुन्छ ।
समसायमिक राजनीतिको चिरफार गर्न आज मसंग हुनुहुन्छ राजनीतिशास्त्री हरि शर्मा ।

Switch to the Fountain App