तीब्र आर्थिक बृद्धिका कारण अहिले विश्वको ध्यान चीन तर्फ सोझिएको छ । चीन अबको तीस बर्षभित्र विकशित मुलुक बन्ने लक्ष्य लिएर हिँडेको छ । यही लक्ष्यमा पुग्न उसले विभिन्न मुलुकहरुमा आफ्नो प्रभाव विस्तार गर्दैछ । आर्थिक रुपमा दास्रो ठूलो मुलुक बनिसकेको चीनको चासो भित्र नेपालपनि उच्च प्राथमिकता पर्न थालेको छ र त्यसैको संकेत हो– यसैसाता सम्पन्न चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण । अनि यो भ्रमण २३ बर्ष अघिका तत्कालिन राष्ट्रपति जियाङ जेमिनको भ्रमण भन्दा निकै फरक छ र रणनीतिक पनि । किनकी अहिले चीन एक महाशक्ति राष्ट्रको रुपमा उदाईसकेको छ ।
चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण र त्यस क्रममा भएका सहमति सम्झौताहरु कस्ता हुन् ? ५६ अर्ब बराबरको रकम, रेल देखि उत्तरी नाका खोल्न सम्मका सहमतिको भित्रको अन्तर्य के हो ? क्षेत्रिय र बुहराष्ट्रिय मञ्चहरुमा किन नेपाललाई स्वार्थपूर्ति गर्ने रणनीति पार्टनरको रुपमा जोड्न खोजिदैछ ? पछिल्लो सयम नेपालको परराष्ट्र नीति कसरी चल्दैछ ?
यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ कुटनीतिक मामिलाका जानकार ज्ञानचन्द्र आचार्य ।