avatar

हरि बुढा मगर र विनोद बुढाथोकी Hari Buda Magar and Vinod Budhathoki in TOUGH talk टफ टक

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Feb 21, 2019 • 55m
आज मसँग दुई जना विशेष अतिथि हुनुहुन्छ, हरि बुढा मगर र विनोद बुढाथोकी ।
११ वर्षको कलिलो उमेरमा विहे गर्नुभएका मगर सन् १९९९ जनवारीमा ब्रिटिश आर्मीमा भर्ना हुनुभयो । मगरको जीवनमा त्यतिबेला बज्रपात पर्र्यो, जतिबेला उहाँले अफगानिस्तान युद्धमा बम विस्फोटमा परेर आफ्नो दुबै खुट्टा गुमाउनु पर्र्यो । अहिले तिनै हरि सगरमाथा चड्ने कठोर तयारीमा हुनुहुन्छ ।
दुवै गोडा नभएका हरिले यसबीच संसारका कैयन अग्ला अप्ठ्यारा शिखर उक्लिनु मात्र भएन, जेनेभासम्म पुगेर उहाँको जस्तो अपांगता भएकाहरुलाई सगरमाथाको चुचुरोसम्म पुग्न नपाउने नियमलाई नै खारेज गर्न चुनौति दिनुभयो र आरोहणको अनुमति प्राप्त गर्नुभयो ।
अनि विनोद बुढाथोकी । बेलायती सेनाका पुर्व राइफलम्यान । २०१७ को ब्रिटिस ओपन एयरगन च्याम्पियनसिपमा द्धितिय र २०१८को सोहि प्रतियोगितामा प्रथम । विनोदले क्रोयसियामा २०१७ मा सम्पन्न पहिलो अन्तराष्ट्रिय सुटिंग च्याम्पियनसिप र २०१६ को रियो प्यारालम्पिक खेलमा समेत प्रतिस्पर्धा गर्नुभएको छ ।

Switch to the Fountain App