मैले धेरै पढेँ
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कबिता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सँधै ओझेल परे ।
यसपटकको बुवाको मुख हेर्ने दिनको अवसर पारेर यहाँलाई यो गीत उपहार!
Singer: Hari Lamsal feat. Sabeena Karki
Lyrics: Nira Sharma
Composer / Arranger: Hari Lamsal