जनस्वास्थ्यसंग जोडिएको यति ठूलो संकट किन राम्ररी व्यवस्थापन हुन सकेको छैन भन्ने जन गुनासो सवत्र छ ? समूदायको फैलिएको संक्रमण रोक्नका लागि सरकारले के गर्दैछ ? उपचार नै नपाएर मानिसहरु मर्नुपर्ने अवस्थाालाई हामी कसरी सम्हाल्न सक्छौं ? यति ठूलो स्वास्थ्य र मानवीय संकट आइलाग्दा जनताका लागि काम गर्छौै भन्ने कम्यूनिष्ट पार्टीको सरकार किन सत्ता र शक्तिमा अलमलिलएको छ ? के यो सत्ता राजनीतिको खेल खेल्ने समय हो ? स्वास्थ्य सामग्री खरिद अनियमितता देखि व्यव्स्थापनमा भएको लापरवाहीको जिम्मेवार को हो ?
यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल । अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट आउनु भएका ढकाल दोस्रो संविधान सभामा तत्कालिन एमालेको प्रमुख सचेतक, २०७४ सालको चुनवापछि सुरुमा कानूनमन्त्री हुँदै अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिइरहनु भएको छ ।