avatar

संसद र सांसद कस्तो हुनुपर्छ ? प्रदीप गिरीको मिहीन विश्लेषण || Pradeep Giri in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Aug 8, 2019 • 51m
संसद जनताबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुको थलो हो । जसको मुख्य काम कानून बनाउने, सरकार निर्माण गर्ने र सरकारमाथि निगरानी गर्ने हो । जब यो मुल कामबाट संसद चुक्न थाल्छ अनि यो ‘गफ, होहल्ला र सत्ताको गलफत्ती गर्ने थलोमा रुपान्तरित हुन्छ । विगतका संसद भन्दा पछिल्ला संसदको प्रभावकारी घट्न थालेको छ । सांसदको ध्यान आफ्नो मुख्य काम कानून निर्माण गर्ने भन्दा अन्यत्र छ । संसद सरकारको एउटा अंग जस्तो बन्दै गइरहेको छ । र सांसद उसको नियन्त्रणमा ।
नेपालको संसद किन प्रभावकारी हुनसकेको छैन ? संसदमा कानून बनाउने भन्दा अन्य कुरामा किन बढ्ता बहस हुन्छ ? सांसद कानून बनाउने व्यक्ति हुन् कि सडक बनाउने ठेकेदार, संसदमा स्वार्थ समूहको प्रवेश किन भइरहेको छ ? यस्तै प्रश्नको जवाफ खोज्न मसंग हुनुहुन्छ, लामो समयदेखि संसदमा पटकपटक जनप्रतिनिधिको रुपमा भूमिका निर्वाह गरिराख्नु भएका, संसदीय व्यवस्था र लोकतन्त्रमाथि निरन्तर चिन्तन गरिराख्ने काग्रेसका नेता तथा सांसद प्रदीप गिरी । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि काग्रेस नेता तथा सांसद प्रदीप गिरीलाई ।

Switch to the Fountain App