खासमा नागरिकको अपेक्षा र सरकारको कायैशैलीबीचको तालमेल कहाँ मिलेको छैन ? किन हाम्रो शासकीय शैली बदलिएको छैन ? अन्य भन्दा तुलनात्मक रुपमा अपेक्षा गरिएका नेता केपी ओलीको लोकप्रियताको ग्राफ घटेको हो कि ? उहाँमाथि घेराबन्दी किन बढ्न थालेको हो ? नेपालको विकास प्रयास र शासकहरुको दृष्टिकोणमा कतै खोट छ कि ? विदेशीहरु नेपालको विकासमा साझेदार बन्न सक्छन् कि उनीहरु नेपाललाई आफ्नो स्वार्थको चलखेल गर्ने मात्र बनाउन खोज्छन् ? यस्तै जिज्ञासाहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, विश्लेषक तथा लेखक सौरभ ।