सत्यमोहन जोशी । साहित्य र संस्कृतिक क्षेत्रको एउटा जिउँदो इतिहास । जसको नाम सुन्ने वित्तिकै धेरैले श्रद्धाले शिर निहु¥याउछन् । साहित्य र संस्कृतिको अन्वेषण, सिर्जना एवं मानव कल्याणका काम गर्दागर्दै जोशीको उमेर एक शताब्दी पुगेको छ । विक्रम सम्बत् १९७७ बैशाख ३० मा ललितपुरको बखुम्बहालमा जन्मिनुभएका जोशी एक सय बर्ष टेक्दै हुनुहुन्छ । नेपालीको औसत आयु बल्ल करिब ७० बर्ष पुग्दैछ । तर जोशी यस्ता पात्र हुनुहुन्छ जसले सयबर्षको जीवन जिउनुभएको छ । एक शताब्दीको सक्रिय जीवनमा उहाँले पटक–पटकका राजनीतिक परिवर्तन देख्नुभएको छ । सामाजिक र सांस्कृतिक रुपान्तरणको अगुवाई मात्र होइन, आफ्नै अगाडी समाज कसरी परिवर्तित हुँदै अगाडी बढिरहेको छ लेखाजोखा गर्न पाउनु भएको छ ।
एक शताब्दीको जीवन जिउनु आफैमा रोचक छ नै, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले गरेको योगदान अझै उँचो छ । तीनपटक मदन पुरस्कार पाउनुभएका र निरन्तर साहित्य अन्वेषणमा रहनुभएका जोशीसंग आज म १०० बर्षमा उहाँले देख्नुभएको समाज, यसभित्रका प्रबृत्ति, पात्र, जीवन जिउने कला, आहार विहार लगायतका बिषयमा कुरा गर्नेछु ।