दर्शकवृन्द तपाईं कुन प्रदेशमा बस्नुहुन्छ ? तपाईलाई थाहै होला, यतिबेला हाम्रा सातवटै प्रदेशले आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट प्रस्तुत गरेका छन् ।
तर तपाई हामीले ती प्रदेश तथा स्थानीय सरकारहरुले कसरी कस्तो बजेट बनाइरहेका छन र कसरी खर्च गर्छन कति चासो दिएका छौ ? यो भएन र त्यो भएन मात्र भन्छौ की आफु सामुन्ने सरकारका काम कारवाहीलाई चासोपुर्वक नजिकबाट पनि हेर्छौ ।
तपाईको प्रदेशले हालै सार्वजनिक गरेको बजेट समग्रमा कस्तो छ ? कोरोना संकट समाधानका लागि बजेटले कति सम्बोधन गर्न सकेको छ ? प्रदेश सरकारले तपाईको क्ष्ँेत्रमा कस्तो विकास योजनाहरु ल्याएको छ ? जनताको सुविधाका लागि कस्ता योजनाहरु ल्याइएका छन् ? संघिय अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीलाई तलब–भत्ता र अनिवार्य दायित्वका क्षेत्रमै खर्च पु¥याउन गा¥हो हुने भनिरहेका बेला संघीय सरकारको अनुदानमा निर्भर प्रदेश सरकारहरु के सोचिरहेका छन ? यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा संघीयताका जानकार विज्ञ सहित सातवटै प्रदेशका मन्त्रीहरु हुनुहन्छ ।