कुनै समय काठमाडौं उपत्यका, मन्दिरै मन्दिरको शहरमात्र होइन, कलात्मक र परम्परागत घरहरुहरुका कारण पनि चिनिन्थ्यो । मठ मन्दिरहरुसंगै यहांका परम्परागत शैलीका घरहरुले शहरको शोभा बढाएको थियो । २०७२ सालका आएको भुकम्पले बचेखुचेका परम्परागत घर, मठमन्दिरहरुमा ठुलो क्षति पु¥यायो । पुननिर्माण भएकोमा पनि मौलिक भन्दा आधुनिक शैलीको बढ्ता प्रयोग भइरहेको पाइन्छ ।
कंक्रिटको प्रयोगले काठमाडौको मौलिकता गुम्न थालेपछि संरक्षणकर्मी रविन्द्र पुरीले एउटा ढल्न लागेको पुरानो घरलाई पुर्ननिमार्ण गरेर ‘नमुना घर’ बनाउनु भयो । त्यसपछि उहां ‘आरपी फाउण्डेसन’ नामक प्रतिस्ठानै स्थापना गरेर परम्परागता शैली प्रर्वद्धन गर्ने अभियानमा सक्रिय हुनुहन्छ ।
झण्डै डेढ दशकदेखि कलात्मक घर निर्माणमा लाग्न पुरीलाई के ले आर्कषित गर्यो ? नेपालमा परम्परागत शैलीका घरहरुको अवस्था कस्तो छ ? परम्परागत घर तथा भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पाउन कति सम्भव छ ? मँैलिकता टिकाई राख्न हामी कति सक्रिय छन् ? सांस्कृति सम्पदाहरुको संरक्षणमा सरकारी निकाय कति गंभिर छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, संरक्षणकर्मी रविन्द्र पुरी ।