avatar

मिडिया काउन्सिल बिधेयक: बन्देजको खतरा कि नियमनको तरिका || Sudheer Sharma in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Jun 13, 2019 • 50m
सरकारले हालै संसदमा ‘मिडिया काउन्सिल’ सम्बन्धि विधेयक पेश गरेपछि नेपाली प्रेसमा खैलाबैला मच्चिएको छ । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चिता गरेपनि यो सरकारले न्यायिक अधिकार सहितको नियन्त्रित मिडिया काउन्सिलको प्रस्ताव गरेको र यसले मिडियाहरुको स्वतन्त्रतापूर्वक लेख्ने, प्रकाशन र प्रशारण गर्ने अधिकार कुण्ठित हुने आरोप लागेको छ । सरोकारवाला निकाय र नागरिक अधिकारमा काम गर्ने संघ संस्थाले विधेयक फिर्ताको माग गरेका छन् ।
तर सरकार विधेयक फिर्ता लिने पक्षमा छैन । अनि सरकारका प्रवक्ता, सञ्चारमन्त्री गोकुल बांस्कोटा पत्रकारहरुले सुरु गरेको आन्दोलनलाई प्रायोजित भनिरहनु भएको छ । र विधेयकका प्रावधानहरुको बचाउ गरिरहनु भएको छ ।
खास यो कानून अहिले नै किन ल्याउन खोजियो ? मिडिया नियमन गर्ने तरिका यस्तै हो त ? अनि नेपालका मिडियाहरु चाँही कति जिम्मेवार ढंगले चलिरहेका छन् ? मिडियाले आफ्नो समाजिक उत्तरदायित्व कति बुझेको छ ? समग्रमा मिडिया चाँही कुन दिशमा छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्दै बर्तमान नेपाली मिडियाको चरित्र र अवस्था समिक्षा गर्न आज मसंग हुनुहुन्छ पत्रकार सुधीर शर्मा ।

Switch to the Fountain App