यसैसाता सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरुले ऐतिहासिक किर्तिमान बनाइरहेका छन् । औपचारिक रुपमा खेल सुरु भएको पहिलो दिनमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एकै दिन २–२ स्वर्ण पदक दिलाएपछि खेलमा झन् रौनकता थपिएको छ ।
धावक राजेन्द्र भण्डारीले सन् २००६ को १०औं सागमा ५ हजार मिटर र स्टेपल चेजमा स्वर्ण जित्नुभएको थियो । तर डोपिङ परीक्षणमा असफल भएपछि भण्डारीका दुवै स्वर्ण खोसिएका थिए । त्यसअघि र पछि पनि कुनै नेपाली खेलाडीले एकै सागमा दुई स्वर्ण जित्न सकेका थिएनन् । त्यसैले मन्डेकाजी र आयशाले पाएका स्वर्ण पदक साग खेलकुदको पछिल्लो संस्करणका ऐतिहासिक उपलब्धी हुन् ।
खेलकुदमा समग्रमा हामी कुन अवस्थामा छौ ? दक्षिण एसियाली खेलकुदमा हाल नेपाली खेलाडीहरु कसरी खेलिरहेका छन् ? नेपालमा खेलुकदको पूर्वाधार कस्तो छ ? एकै दिन नेपाललाई दुई दुई वटा स्वर्णपदक दिलाउंदाको अनुभूति कस्तो ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, १३ औं सागमा दुई दुईवटा स्वर्ण दिलाउने किर्तिमानी खेलाडीहरु आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ ।