स्वाभाविक रुपमा प्रधानमन्त्रीको स्वास्थ्यको ख्याल अधिकतम हुनुपर्छ । र त्यसका लागि अधिकतम प्रविधियुक्त अस्पतालको चाहना गर्नुलाई अन्यथा लिन पनि नमिल्ला । तर अब नेपालमै पनि व्यवस्थित र सुविधा सम्पन्न अस्पतालनहरु बन्ने क्रम बढेको छ । नेपालका चिकित्सकहरुले पनि चिकित्सा क्षेत्रमम उलेख्य उपलब्धी हासिल गरिरहेका छन् ।
शहीद गंगालाल अस्पताल, तिलगंगा आखा अस्पताल, धुलिखेल अस्पताल जस्ता स्वास्थ्य केन्द्रहरुले निकै राम्रो उपलब्धी हासिल गरिरहेका छन् ।
तर नेपालमा उच्च पदमा रहेका व्यक्तिहरुले उपचारका नाम विदेश जान छोेडेका छैनन् । कतिपय सर्वसाधारण पनि भारत, थाइल्याण्ड, सिंगापुर लगायतका देशहरुमा उपचारका लागि जाने क्रम बढ्दो छ ।
नेपालको उपचार पद्धति कस्तो छ ? किन ठालुहरुलाई उपचारका लागि बिदेश नै जानुपर्छ ? के नेपालमै सबै खालका सुविधा उपलब्ध हुन सक्दैनन् ? एउटा अस्पताललाई राम्रो बनाउन के गर्न सकिन्छ ? राजनीतिक हस्तक्षेपले स्वास्थ्य क्षेत्रलाई कसरी प्रभाव पारेको छ ? निजी र सरकारी अस्पतालहरुमा कस्ता विकृतिहरु छन् ? मुटुरोग विशेषज्ञ डा= ज्योतिन्द्र शर्मा । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र