avatar

कोरोनाको भ्याक्सिन ल्याउन नेपाल के गर्दैछ ? TOUGH talk Tapainsanga

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Sep 23, 2020
कोरोना विरुद्धको भ्याक्सिनको विकास कहाँ कहाँ, कसरी भइरहेको छ ? यसको विकासका लागि अरु कति समय लाग्छ ? यसका जटिलताहरु के छन् ? भ्याक्सिन पत्ता लागेको अवस्थामा नेपालले छिटो आफ्नो मुलुकमा भित्राउन के के पहल गर्नुपर्छ ?
कि संसारभरका अन्य मुलुकहरु भ्याक्सिन बनेको अवस्थामा कसरी आफ्नो मुलुकमा ल्याउने र नागरिकहरुलाई बचाउने भनेर तदारुकता देखाइरहेको अवस्थामा नेपाली अधिकारीहरु के गरिरहेका छन् ? यसका साथै अहिले बढिरहेको संक्रमितको संख्या र मृत्युले के संकेत गर्छ । आगामी दिनमा हामीलाई कोरोना भाइरसले कसरी घेर्दैछ ?
यस्तै प्रश्नको जवाफ खोज्नका लागि आजको संवादमा मसंग हुनुहुन्छ अमेरिकाबाट डा. विजय ढकाल । उहाँ कोरोना भाइरसका कठिन टेस्टहरु गर्ने अमेरिकाको सोनिक रेफ्रेन्स ल्याबको कोभिड–१९ टास्कफोर्समा साइन्टिफिक एडभाइजरको रुपमा कार्यरत हुनुुहन्छ ।
त्यस्तै नेपालबाट जनस्वास्थ्यविद् समेत रहनु भएका संक्रामक रोगका सोधकर्ता र पछिल्लो समय यसको भ्याक्सिनको विकासबारे चासो राखिरहनुभएका जनस्वास्थ्य विज्ञ डा किरणराज पाण्डे र फोक्सो तथा क्रिटिकल केयरमा बिषेशज्ञता राख्नु हुने डा.रक्षा पाण्डे ।

Switch to the Fountain App