नेपालको परराष्ट्र मामिला नीति स्थिर नरहेको कुरा बषौंदेखि उठ्दै आएको छ । पछिल्लो समय अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको साझेदार बनाउने कोशिस गरेपछि त्यसमा नेपाल जोडिन हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको छ । चीनको बिआरआई, भारतले जोड दिएको बिमस्टेक जस्ता क्षेत्रीय मञ्चहरुमा पनि नेपाललाई एउटा रणनीतिक पार्टनरको रुपमा हेरिएको छ ।
अन्य मुलुकहरु रणनीतिक ढंगले अघि बढीरहेका बेला हामी चाहीँ हाम्रो परराष्ट्र नीति किन मजबुत बनाउन सकिरहेका छैनौ ? परराष्ट्र नीतिमा किन हाम्रो राजनीतिक दलहरुको एकमत हुुँदैन ? क्षेत्रिय र बुहराष्ट्रिय मञ्चहरुमा किन नेपाललाई स्वार्थपूर्ति गर्ने रणनीति पार्टनरको रुपमा जोड्न खोजिदैछ ? छिमेकीहरुसँगको सम्बन्धको आधार के हुनुपर्ने हो ? हाम्रो परराष्ट्र मन्त्रालय र राजदूुतावासहरुको अवस्था कस्तो छ ? हामीले परराष्ट्र नीतिलाई आर्थिक कुटनीतिको रुपमा कति अघि बढाउन सकेका छौ ? यस्तै जिशासाहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ पूर्व परराष्ट्र सचिव एवं पूर्वराजदूत मदनकुमार भट्टराई ।