बैदेशिक लगानी भित्राउनका लागि भन्दै सरकारले शुक्रबार र शनिवार दुई दिनसम्म लगानी सम्मेलन गर्दैछ । झण्डै ६ दर्जन परियोजनाहरुलाई संभावित लागानीको सूचीमा राख्दै झण्डै ३० खर्ब रुपैया भित्राउने लक्ष्य राखिएको छ ।
लगानीका लागि आवश्यक पर्ने कानूनी संरचना, शान्ति सुरक्षाको अझै भरपर्दो वातावरण भइनसकेको टिप्पणी पनि भइरहेकोे छ । स्वदेशकै लगानीकर्ताहरु अझै पनि लगानीको उपयुक्त वातावरण श्रृजना हुन नसकिरहेको गुनासो गरिरहेका छन् ।
के सरकारको दाबी अनुसार देशमा लगानीमैत्री वातावरण श्रृजना भएको हो ? स्वयं देशभित्रका उद्यागी व्यापारी के भन्छन् ? नेपालमा लगानी गर्दाका जोखिमहरु के छन ? वर्तमान सरकार, उद्योगी व्यावसायीहरुका लागि कति मैत्रीपूर्ण छ ? यस्तै बिषयमा कुरा गर्न आज मसंग हुनुहुन्छ उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवं सन् १९३० देखि नेपालमा उद्योग व्यवसाय गर्दै आएको मुुलुकको पुरानो व्यावसायिक घरना गोल्छा अर्गानाइजेसनका म्यानेजिङ डाइरेक्टर शेखर गोल्छा ।