रुईतका बारेमा हलिउड अभिनेता रिचर्ड गिअरले भनेका छन्, रुईत संसारकै सबैभन्दा राम्रा जीवित नेत्र शल्य चिकित्सक र मानवतावादीहरुमध्ये एक हुन् ।
नेपाल सरकारबाट हालै ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ ले सम्मानित डाक्टर रुइतले एसियाको चर्चित रेमन म्यागासेसे, भारतको पद्यश्री लगायतका पुरस्कार पनि पाउनु भएको छ । यति ठूलो सफलता हासिल गर्नुभएका डाक्टर रुइतको जीवन– संघर्ष र सफलताको एउटा सत्यकथा हो ।
विपन्न नागरिकहरुको आँखा ज्योति भर्ने काममा उहाँ कसरी लाग्नुभयो ? आँखा उपचारमा उहाँको यो क्रान्तिकारी सफलता कसरी संभव भयो ? नेपालमा विकशित उपचार पद्धति अन्य मुुलुकमा कसरी निर्यात भइरहेको छ ? चार दशक लामो चिकित्सा पेशमा उहाँले कस्तो दुःख हण्डर खेप्नुभयो ? नेपालमा चिकित्सकीय अनुसन्धान गर्नेहरुका लागि सरकारी र गैरसरकारी तबरबाट कस्तो सहयोग अथवा हण्डर झेल्नुपर्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसँग हुनुहुन्छ नेत्र चिकित्सामा एक सफल चिकित्सक डाक्टर सन्दुक रुइत ।