मोडलिङ सोहरुमा उहाँको चर्चा हुने गरेको छ । अन्तराष्ट्रिय रुपमा समेत उहाँको चर्चा चुलिनुको कारण हो, उहाँको फरक पहिचान । तेस्रोलिंगी समूदायबाट अन्तराष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उहाँ नेपालको पहिलो मोडल पनि हुनुहुन्छ ।
नेपालको संविधान र कानूनले नागरिकता, पासपोर्ट, वैवाहिक प्रमाणपत्र लगायतका प्रशासनिक कागजात महिला र पुरुष बाहेक ‘अन्य’ पहिचानबाट पनि प्राप्त गर्न कानूनी बन्देज छैन । तर संविधान र कानूनले अधिकारको सुनिश्चिता गरेपनि यौनिक तथा लैगिक अल्पसंख्यकप्रति हेर्ने समाजको दृष्टिकोण बदलिएको छैन ।
तेस्रोलिंगी समूदायकी मोडलले आफ्नो फरक पहिचानकै कारण कति हण्डर खानु भएको छ ? दुःख हण्डरकाबीचबाट पनि उहाँ कसरी अन्तराष्ट्रिय स्तरमा उक्लिदै गइरहनुभएको छ ? नेपालमा कानूनी रुपमा सबै प्रकारको भेदभाव अन्त्य भइसक्दा यो समूदायका मानिसहरुलाई हेर्ने दृष्टिकोणमा समाजमा कति बदलाव आएको छ ? मानिस तेस्रोलिंगी जन्मजात हुन्छ कि पछि पछि हुर्कदै गर्दा आफ्नो इच्छाका कारण स्वाभाव बदल्ने प्रक्रिया हो ? यीनै जिज्ञाशाको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, तेस्रोलिंगी समूदायको प्रतिनिधित्व गर्ने मोडल, अञ्जली लामा ।