avatar

गुठी विधेयकको बिवाद र अन्तर्य || Radheshyam Adhikari in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Jun 20, 2019 • 48m
७० बर्षदेखि लोकतान्त्रिक शासन प्रणालीका लागि लड्दै आएको प्रमुख विपक्षी दल काग्रेसले सरकारलाई लोकतन्त्रको सिमा नाघ्न खोजिरहेको आरोप लगाइरहेको छ । लामो सयमदेखि एकछत्र शासन सत्तामा रहेदै आएको काग्रेसलाई अहिले विपक्षीमा बस्नुपर्दाको पिडा मात्र हो कि सांच्चै सरकार लोकतान्त्रिक सिमा बाहिर जान खोजेको हो ? संसदभित्र छलफल नभई सडकबाट कानूनको फैसला गर्नु पर्ने अवस्था किन आउँदैछ ? कि विधेयकको नाममा अरु नै खेल हुँदैछ ? संविधान जारी भएपछि देशमा स्थिरता आउँछ र धेरै राजनीतिक समस्याको समाधान भई विकासको दिशामा अगाडी बढ्छ भन्ने आम मानिसको अपेक्षामा किन धमिरा लाग्दैछ ? के प्रमुख प्रतिपक्षी काग्रेस जनताप्रति इमान्दार भएरै अहिले चर्को आवाज उठाइरहेको हो कि, सत्तामा जान नपाउँदाको छटपटी मात्रै हो ? जनताबाट दुई तिहाई बहुमत सहितको सरकारलाई किन असफल बनाउन खोजिदैछ ? यस्तै प्रस्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारी ।

Switch to the Fountain App