अहिले सिंगो संसारलाई कोरोना भाइरस कोभिड १९ ले गांजेको छ । चीनबाट फैलिएको ‘नोबल कोरोना भाइरस’(कोभिड–१९) को संक्रमणका कारण संसारभर झण्डै आठ हजार मानिसको ज्यान गइसकेको छ । करिव १ लाख ८२ हजार भन्दा भन्दा बढी मानिस संक्रमित छन् ।
दक्षिण एसिया लगायत नेपालको सिमा जोडिएको भारतमा पनि कोरोना भाइरसका विरामीहरु बढ्न थालेका छन । आठवटै राष्ट्रका नेताहरुले भिडियोमार्फत छलफल गर्दै, नियन्त्रणका लागि साझा कोष बनाउने प्रतिबद्धता जनाएका छन् । पुर्वाधारको अभावमा कदमकदाचित नेपालमा पनि यसको संक्रमण बढे त्यसले अन्यत्र भन्दा भयावह रुप लिन सक्ने त्रास पनि फैलिइरहेको छ । पछिल्लो संक्रमणबाट बच्नका लागि हाम्रा सरकारी संरचनाले कस्तो काम गरिरहेको छ ? हाम्रो जनस्वाथ्यका संयन्त्रहरु कस्ता छन् र तीनको क्षमता कस्तो छ ? भाइरस फैलिए हालको अवस्थामा हाम्रा संयन्त्रहरु कसरी परिचालन हुन्छन् ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ सरकारद्धारा गठित कोरोना भाइरस रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई ।