नेपाली भूउपग्रहले प्राप्त गरेका नयाँ तथ्यहरु के हुन ? अहिले अन्तरिक्षको अवस्था कस्तो छ ? र यस सम्बन्धि नयाँ तथ्यहरु के छन् । अन्तरिक्षमा अन्य भूउपग्रहले कसरी काम गररहेका छन् ? नेपालमा यो सँग सम्बन्धित ज्ञान तथा प्रविधिहरुको विकास कसरी भइरहेको छ ? र हामी कुन अवस्थामा छौ ? यसका लागि हामीसँग कस्ता पूर्वाधारहरु छन् ? हाम्रो सरकारी संरचना नयाँ आविस्कार र प्रविधिको प्रयोगमा कति फ्रेण्डली छन् ? लगायतका प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनहुन्छ नेपालस्याट –१ बनाउने मध्येका एक युवा वैज्ञानिक आभास मास्के ।
आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि जापानको क्यूसू इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्याटलाइट सम्बन्धी विद्यावारिधी गरिरहनु भएका र यसअघि पनि कोरिया बसेर युरोपियन युनियनका दुईवटा स्याटलाट निर्माणमा संलग्न भईसक्नुभएका नेपाली युवा बैज्ञानिक आभास मास्केलाई ।