धेरै श्रोताका जिज्ञासा:
-माया के हो?
-मायाको सबैभन्दा सुन्दर रुप के हो?
-कसरी असल मायालु बन्ने?
-मायामा सौन्दर्यको महत्व, सम्पत्तिको महत्व के हो?
के प्रेम अमर हुन्छ?
किन मायामा आत्महत्या गर्छ मानिस?
ब्रेकअप पछि फेरि साथ हुने कि नहुने?
हो यस्तै प्रश्नको उत्तर खोज्न म पुगें एक यस्ता व्यक्तिकहाँ जसको जीवन वास्तवमा मायाका रंगै रंगले पोतिएको छ तर, जो एकांकी रुचाउँछन। जम्माजम्मी चार शृङ्खलामा रोचक कुराकानी। बिषय मात्र माया र प्रेम।
सुन्नुहोस वरिष्ठ साहित्यकार, संस्कृतिविद प्रोफेशर तुलसी दिवससँगको कुराकानी।-