धेरैले बीपी कोइरालालाई आदर्श मान्छन् । अझ का“ग्रेसी नेता कार्यकार्ताहरु त महामानव नै । त्यसैले हरेक बर्ष बीपी कोइरालाको जन्मजयन्तीको आसपास उहा“को समाजवादी विचारको औधि चर्चा हुन्छ । तर बीपीले अघि सारेको विचार अनुसार सहि ढंगले न त काग्रेस हि“ड्ेको छ न तीनका नेताले नै उहा“को आदर्शलाई अबलम्बन गरेका छन् । ७० बर्षदेखि काग्रेस राजनीतिको केन्द्रमा छ । ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि यसै पार्टीले ग¥यो, तर पछिल्लो समयक्रममा का“ग्रेस आफ्नै पार्टी भित्रको किचलो भन्दा माथि उढ्न सकेको छैन् । जसको परिणाम अहिले निरिह प्रतिपक्षीका रुपमा छ ।
काग्रेस कहा“ छ ? यति ठुलो ऐतिहासिक पार्टी किन आन्तरिक किचलोमै रुमल्लिइरहेको छ ? बीपी कोइरालाको विचारको सार के थियो ? काग्रेसले किन बीपीको विचार अंगिकार गर्न सकेन ? धर्मनिरपेक्षताको सवालमा का“ग्रेस यु टर्न गर्न खोज्दै छ ? आफ्नै नेतृत्वमा जारी भएको संविधानका मुख्य बिषयबस्तुहरुमाथि काग्रेसकै नेताहरुबाटै अहिले किन प्रश्न गरिदैछ ?
यीनै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, नेपाली काग्रेसका नेता डाक्टर शेखर कोइराला ।