स्वतन्त्र रहनुपर्ने न्यायपालिका, राजनीतिक व्यक्ति र विवादितहरुको अखडा बने त्यसले कस्तो न्यायासम्पादन गर्ला ? गंभिर प्रश्न उठेको छ । न्यायाधिसहरुको आचरण, फैसला र नियुक्तिको प्रक्रियामा निरन्तर आइरहेका यस्तै प्रश्नले न्यायपालिका नै कमजोर बनिरहेको टिप्पणी हुन थालेको छ । न्यायपालिका किन यस्तो विकृत बन्दैछ ? न्यायालयभित्र एउटा नागरिकले न्याय पाउन कति संघर्ष गर्नुपर्छ ? राजनीतिक भागबन्डा, वकिल, न्यायाधिस र विचौलियाहरुले हाम्रा अदालतलाई कुन हदसम्म कमजोर बनाइसकेका छन् ? न्यायालयलाई राजनीतिक हस्तक्षेप र भ्रष्टाचारबाट टाढा राख्न के गर्नुपर्ला ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ तीन दशकभन्दा लामो समयदेखि कानूनी क्षेत्रमा अभ्यास र प्राध्यापन गर्दै आउनुभएका पूर्व महान्यायाधिवक्ता प्राध्यापक डाक्टर युवराज संग्रौला ।