avatar

इन्टरनेटमा पहुँच : विकासको मार्ग कि बढ्दो असुरक्षा ? || Anandaraj Khanal in TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Episode • Sep 5, 2019 • 48m
सूचना प्रविधिमा भएको विकासले गर्दा हाम्रो दैनिक जीवन नै प्रविधिसंग जोडिन पुगे पनि असुरक्षा त्यतिनै छ । व्यक्ति, संस्था कसैका निजी विवरणहरु अर्थात डेटाहरु सुरक्षित छैनन् । साइबर एट्याक हुन थालेको छ । यसै सातामात्र बैंकिड प्रणाली नै ह्याक गरेर नेपालका बैकका एटिएमबाट ठूलो मात्रामा रकम निकाल्ने अन्तराष्ट्रिय गिरोह पक्राउ परेको छ । प्रहरीको तालिमका लािग संवेदनशिल सामग्री राखिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कम्यूटर नै ह्याक भएको छ ।
सूचना प्रविधिको प्रयोगमा आएको सहजतासंगै कस्ता सुरक्षा जोखिमहरु बढेका छन् ? प्रविधिलाई सुरक्षित रुपमा प्रयोग गर्ने विधि के हुन ? साइबर सुरक्षामा सरकारी निकायहरु कति संवेदनशिल छन् ? तपाई हामीले इन्टरनेट प्रयोग गर्दा ख्याल राख्नुपर्ने मुख्य कुराहरु के हुन् ? साईबर आक्रमणबाट कसरी सुरक्षित रहने ? मन्त्रिपरिषद्को बैठक टेलिप्रेजेन्सबाट गर्नु कति ठिक ? यस्तै जिज्ञाशाहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ दुरञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल ।

Switch to the Fountain App