सरकारको नेतृत्व गर्ने राजनीतिक नेता र प्रशासकहरु भ्रष्टाचार नियन्त्रण र सुशासनका ठूल्ठूला गफ गर्छन् । सरकारी नीति र कार्यक्रममा वितीय सन्तुलन तथा मितव्ययिताको नारा खुबै राखिन्छ । तर व्यवहारमा भने ठिक उल्टो छ ।
हाम्रा शासकीय संरचना र त्यसमा रहने व्यक्तिहरु किन भ्रष्टाचारमा यतिविध्न लिप्त छन् ? नेता, कर्मचारी, प्रकाशक, प्राज्ञिक, ठेकेरदार सबैक्षेत्र भ्रष्टाचारको दलदलमा पर्नु पछाडीको चुरो के हो ? जनता नबोलेर वा गतिलो सम्यन्त्र नभएर ? सर्वसाधारणबाट कसेर कर उठाउने अनि त्यो रकमको चरम दुरुपयोग हुने स्थिति किन आइरहेको छ ? ठुल्ठुला प्रकरणमा मुछिएका ठुला माछाहरु, अझ स्पष्ट भाषामा भन्दा राजीतिक उच्च नेतृत्वमा बसेर भ्रष्टाचार गर्नेहरुलाई किन कारवाही हुन सकेको छैन्, यस्तै जिज्ञाशाको जवाफ खोज्न आज मसंग हुनुहुन्छ पूर्व कार्यबहाक महालेखा परिक्षक सुकदेव भट्टराई खत्री ।