आज म तपाईहरुलाई कर्णाली लान चाहन्छु । हुन त अहिले संसार नै कोरोना भाइरसको महामारीले चरम संकटमा छ । तर यो महामारीका बीचमा पनि पद र पैसाको महत्वकाँक्षीहरुको फोहोरी खेलले जनता अरु भ्रष्टाचार र कुशासनको मारमा पर्दै गएका छन् ।
साक्षरता जम्मा ६५ प्रतिशत मात्र छ । मुलुकको कुल साक्षरता भन्दा यो २३.६ प्रतिशत कम हो । अन्यत्र औसत आयु ७० नाघिसक्दा कर्णालीको औसत आयू ६० बर्ष मात्र छ । प्रतिव्यक्ति बार्षिक आम्दानी ८० हजार मात्र छ । आफ्नो उत्पादनले खान पुग्दैन र बर्षेनी खाद्यान्न अभाव हुन्छ । वर्षेनी जसो रोग व्याध र हैजाले समान्य ओखती समेत नपाएर कैयौले ज्यान गुमाउँछन् । तर त्यसले कुनै शासकलाई छुदैन् ।
अनि यही बेला कर्णालीको हुम्लाको उत्तरी क्षेत्रमा चीनले सिमा मिचेको खबर आइरहेको छ । सरकार चीनले सिमा मिचेको छैन भन्छ।
सँधै कर्णालीको मुद्धा उठाउँदै आएका शाहीले विपक्षी बेन्चमा बसेर त्यहाँको शासन व्यव्स्थालाई कसरी हेर्नु भएको छ ?
एउटा विपक्षीको नजरमा झण्डै साढे दुई बर्षको कर्णालीको प्रादेशिक शासन अभ्यास कस्तो रह्यो ?