नेता रविन्द्र अधिकारीको निधन पछि त्यही क्षेत्रबाट सत्तारुढ नेकपाकी उम्मे्दवार स्व. रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले ८ हजार ४ सय ३ मतको भारी अन्तरमा विजय हासिल गर्नुभयो । करिब दुई दशक अघि सक्रिय राजनीतिबाट केही अलग हुनु भएकी भट्टरार्ई पुन सक्रिय राजनीतिमा जोडिन आइपुग्नु भएको छ । नेता रविन्द्र अधिकारीको गत बर्ष फागुन १५ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि दिंवगत अधिरकारी कै श्रीमतिलाई नेकपाले उपचुनावमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
पारिवारिक जिम्मेवारी निर्वाह गर्दै भट्टराई प्राध्यापन क्षेत्रमा सक्रिय बन्दै गर्दा नेता अधिकारी तीनपटक सांसद र एकपटक मन्त्रीसम्म बन्नुभयो । तर अहिले भट्टराई स्व. नेता अधिकारीको राजनीतिक विरासत थाम्न आफ्नो प्राज्ञिक क्षेत्रको बाटो मोडेर पुनः राजनीतिमै फर्किनु भएको छ ।
दुई दशकपछि प्राध्यापनबाट सक्रिय राजनीतिमा फिर्ताको अनुभव कस्तो छ ? महिलालाई राजनीतिमा सक्रिय हुन कति सजिलो वा गा¥हो छ ? नीति निर्माण गर्ने स्थानमा महिलाको प्रतिनिधित्व किन आवश्यक छ ? यस्तै जिज्ञाशाहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ प्रतिनिधिसभा सांसद विद्या भट्टराई ।