आज हामी कर्णालीका कुरा गर्छौ । कर्णाली भन्नेवित्तिकै गरिबी, अशिक्षा, बेरोजगारी, भोकमरी यस्तै अनेक बिम्बहरु झकिल्छ । अपार सम्भावना भएर पनि यहाका जनता बर्षौदेखि दुःखकष्ट खेपिरहेका छन् । अहिले शासकीय संरचना बदलिएर कर्णाली छुट्टै प्रदेश बनेको छ । तर केन्द्रीकृत शासन र प्रादेशिक शासनको अभ्यासले कर्णालीलाई तात्विक फरक पारेको छैन ।
राज्यसत्ता पहिले सिंहदबारमा मात्र थियो । अहिले कर्णालीमै पुगेको छ । सिंहदरबार मात्र होइन जनताले आशा गर्ने केन्द्र सुर्खेत पनि भएको छ । एक बर्ष अघिबाट प्रादेशिक अभ्यास सुरु भएपछि कर्णाली कुन बाटोमा छ ? त्यहाँको गरिबी, अशिक्षा, बेरोजगारीमा सुधारका कुनै संकेत देखा परेका छन् ? प्राकृतिक स्रोत र साधानले भरिपूर्ण यो क्षेत्र किन संधै पछि पर्छ ? विगतको राज्यको मानसिकतामा अहिले बदलाव आएको छ कि छैन ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।