अहिले सबै भन्दा बढी कोरोना संक्रमण बढेको प्रदेश २ र प्रदेश १ को अवस्था के छ ? संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेशस्तरका पहल कदमी कस्ता छन् ? संक्रमणको जोखिम बढ्दै गए अवस्था कस्तो हुन्छ ? केन्द्र र प्रदेश सरकारबीचको समन्वय वास्तवमा कस्तो छ ? अनि स्वास्थ्य क्षेत्रका विज्ञ र विषेशज्ञहरुका सुझावहरुलाई सरकारले कति ख्याल गरेको छ ? संक्रमणको जोखिमबाट बच्न अवस्थामा सरकारले, र स्वयं नागरिकले के कस्तो सावधानी अपनाउनुपर्छ ?
यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा मसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जोडिनुहुनेछ भने स्टुडियोमा मलाई साथ दिँदै हुनुहुन्छ जनस्वास्थ्यविद् प्रा. डा. शरदराज वन्त ।
आउनुहोस् स्वागत गरौ । आजका मेरा सबै अतिथीहरुलाई ।