बैदेशिक रोजगारीमा जाने श्रमिक हुन वा आन्तरिक रुपमा काम गर्ने श्रमिक । श्रमिक व्यवस्थापनमा सरकारको पछिल्लो नीति के छ ? देशमै रोजगारी श्रृजना गर्छु भन्ने सरकार बैदेशिक रोजगारीको बाटो खुलाउन किन लागि परेको छ ? बैदेशिक लगानी भित्राउन सम्मेलन गर्ने सरकाले आन्तरिक लगानी सहज बनाउन र श्रमिकका समस्या सुल्झाउन के गर्दैछ ? मलेसियामा रोजगारीका लागि कामदार पठाउने प्रक्रिया र जापानसँग गरिएको श्रम सम्झौता के हो ? प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना जस्ता हेर्दा उत्कृष्ट लाग्ने कार्यक्रम किन व्यवहारमा आउन सकिरहेका छैनन ? यीनै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपाका स्थायी समिति सदस्य गोकर्ण विष्ट ।