कोरोना संक्रमण समूदायमा कुन स्तरमा फैलिएको छ ? तपाई हाम्रो सेवामा फ्रन्टलाईनमा काम गर्नेहरुको अवस्था के छ ? उनीहरु कुन हदसम्मको जोखिम मोलेर काम गरिरहेका छन् ? स्थानीय तह र जिल्लास्थित प्रशासनले के काम गरिरहेका छन् ? भोकभोकै पर्ने अवस्थाका मानिसहरु कसरी बांचिरहेका छन् ? संक्रमणको बेलामा सामाजिक रुपमा हामीबीच एक अर्कालाई गर्ने सेवा भाव कत्तिको छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मैले कोरना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्टलाईनमा खटिनु भएका केही प्रतिनिधि व्यक्तिहरुलाई निम्त्याएको छु ।
आज मसंग हुनुहुन्छ, संक्रमणको तिब्र फैलिइरहेको प्रदेश १ को विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ं हुमकला पाण्डे, नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत, कोरोना संक्रमति भइ हाल उपचाररत भेरी प्रादेशिक अस्पताल बाँकेका डाक्टर राजन पाण्डे र खानाको समस्यामा परेकाहरुलाई अहिले दैनिक झण्डै ५, ६ सय मानिसहरुलाई खाना खुवाउने काम गरिरनु भएकी समाजसेवी, प्रिजनर्स एसिसटेन्स, पीए नेपालकी इन्दिरा रानामगर ।