विपक्षी दलले संसद घेराउ गरिरहेका बेला, एउटा सत्याग्रही डाक्टर र नागरिक समाजका अगुवाले समेत विधेयक सुधारौ भन्दा भन्दै सरकार चिकित्सा शिक्षा विधेयक पारित गर्न किन हतारियो ? संसदको दुई तिहाई मतको बल देखाउन खोजेको हो ? कि डाक्टर केसीले भनेजस्तै कुनै मेडिकल कलेज सञ्चालकहरु, अझ उहांको शब्दमा सरकार र संसद माफियाहरुको स्वार्थको शिकार बनेको हो ? वा यही विधेयकको व्यवस्थाले पनि चिकित्सा शिक्षा सुधारको केही ढोका खोलेको छ कि ? यीनै प्रश्नको जवाफ खोज्न आज टफ टकमा मसंग हुनुहुन्छ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । पटक पटक स्वास्थ्य र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हानु भएका मन्त्री गिरिराजमणि पोखरेल नेकपाको स्थायी समिति सदस्य समेत हुनुहुन्छ ।